निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

काठमाडाैं | मंसिर २, २०७९

निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

काठमाडौंः   यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । 


आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभएको थियो ।


सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्री एवं खटिएका कर्मचारीसमेत पु¥याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।


सो अवसरमा निर्वाचन  आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुनशमशेर जबराको उपस्थिति रहेको थियो । उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना  र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्